साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

२ बर्ष अगाडि

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९३ वर्षको उमेरमा उनको हाम्स अस्पतालमा विहीबार साँझ ७ बजे निधन भएको हो । 

भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाई केही दिन यता ज्वरो र खोकीको समस्या आए संगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उनलाई कोरोना पनि देखिएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । स्वर्गीय मानन्धर प्रति आजको अर्थ परिवार हार्दिक समवेदना प्रकट गर्दछ। 

२ बर्ष अगाडि

प्रतिक्रिया