भारतीय शेयर बजारमा लगातार गिरावट, ३ दिनमा लगानीकर्ताहरुको ६.५ लाख करोड डुब्यो

२ बर्ष अगाडि

पछिल्लो समय भारतीय शेयर बजारमा लगातार गिरावट आइरहेको छ। पछिल्लो तीन दिनमा बम्बे स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्समा १८४४ अंकले ओरालो लागेको छ। हिजोमात्रै सेन्सेक्समा ६३४ अंकको गिरावट आएको छ। योसँगै हिजो बजार बन्द हुँदा सेन्सेक्स ५९४६४ को विन्दुमा झरेको छ।

यसैगरी नेसनल स्टक एक्सचेन्जको निफ्टीमा पनि आज १८१ अंकको गिरावट आएको छ। योसँगै निफ्टी १७७५७ को विन्दुमा बन्द भएको छ। 

सेन्सेक्समा भारी गिरावट आउँदा यो ३ दिनमा लगानीकर्ताहरुको ६.५ लाख करोड डुबेको छ। बजार पुँजीकरण पनि २८० लाख करोडबाट घटेर २७३.४६ लाख करोड रुपैयाँमा झरेको छ। 

आज बीएसआईमा सूचीकृतमध्ये २२ कम्पनीको सेयरमा गिरावट आएको ८ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ। सबैभन्दा भारी गिरावट हिन्दुस्तान युनिलिभर, एचसीएल टेक, डा रेड्डीमा आएको छ। –एजेन्सी

२ बर्ष अगाडि

प्रतिक्रिया