विश्वकै सर्वाधिक लोकप्रिय नेतामा नरेन्द्र मोदी हुँदा बाइडेन छैटौं स्थानमा, दोस्रो को ?

२ बर्ष अगाडि

काठमाडौं - विश्वकै सर्वाधिक लोकप्रिय नेतामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । 

मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन्  । यस्तै तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । 

ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत रहेको छ । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन भने छैटौं स्थानमा परेका छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । 

बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया