२३ हजार ९२ जनाको परीक्षणमा  साढे १० हजार बढीमा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ६५ हजार माथि

२ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा  साढे १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

२३ हजार ९२ जनामा परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यस्तै, सोही अवधिमा ७६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १९ हजार ५७५ जना निको हुँदा कुल ११ हजार ६२५ जनाको मृत्यु भएको छ। हाल देशभर ६५ हजार ३७४  जना सक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया