प्रतिशेयर आम्दानी बढेपनि  वेष्ट फाइनान्सको नाफा घट्यो, कुन सूचकको अवस्था कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, वेष्ट फाइनान्स लिमिटेडले चालुआर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सले १४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.०६५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा फाइनान्सले १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सको खुद व्याज आम्दानी नकारात्मक रहेको थियो । तर चालु आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सको खुद व्याज आम्दानी बढेर २३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी खुद फि तथा कमिशन अम्दानी ५७.६० प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा फाइनान्सको खुद सञ्चालन मुनाफा भने वृद्धि भएर २३ करोड २५ लाख रुपैयाँ पुग्यो । गत आर्थिक वर्ष भने खुद सञ्चालन मुनाफा नकारात्मक रहेको थियो । समिक्षा अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा २५ करोड ८ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ २१ पैसा रहेको फाइनान्सको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ३३ रुपैयाँ ८३ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चुक्ता पूँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष बढेर ५६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १५.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ६ पैसा रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया