प्रतिशेयर आम्दानी रु.१४.१५ रहेको लक्ष्मी बैंकको नाफामा सामान्य वृद्धि,वितरणयोग्य नाफा कति ?

२ बर्ष अगाडि

लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२७ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २८.५५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने ०.२१ प्रतिशतले घटेको छ ।

चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४४ करोड ९० लाख रपैयाँ संञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया