आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुन्छ : प्रधानमन्त्री देउवा

२ बर्ष अगाडि

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने बताएका छन् । 

देशवासीको नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत उत्पादनमा भएको वृद्धि, आर्थिक तथा सामाजिक क्रियाकलापमा भएको सुधार तथा निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह र आयातमा भएको वृद्धि लगायतका कारणले आर्थिक वृद्धि दर गत वर्षभन्दा बढ्ने अनुमान गरेका हुन ।

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम अनुसार बजेट बनाएर कार्यान्वयन गरिएको बताउँदै उनले चालु आवमा ११ खर्ब ८० अर्ब राजस्व लक्ष्यमा पुस मसान्तसम्मै ५ खर्ब ७६ अर्ब २४ करोड राजस्व संकलन गरेको छ भने सार्वजनिक खर्चतर्फ १६ अर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुसमसान्तसम्म ५ खर्ब ६ अर्ब ७८ करोड भएको जानकारी दिएको छ ।

विदेशी आर्थिक सहायता परिचालन गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन अमेरिकी बजारको बजेटरी सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एसियाली विकास बैंकबाट २ सय ३५ मिलियर अमेरिकी डलर सहयोग प्राप्त गर्ने सम्झौता भएको उनले सम्बोधनमा जानकारी दिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया