प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा पुगेको एनसीसी बैंकले कमायो ९० करोड ५ लाख खुद नाफा

२ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४६.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १७.७१ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको नेट फि तथा कमिशन आम्दानी २६.१६ प्रतिशत र सञ्चालन मुनाफा १६.४६ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । बैंकले यस अवधिमा एक खर्ब २० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप १२.६३ प्रतिशत र कर्जा १९.९८ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १५ पैसाले बढेर १६ रुपैयाँ १७ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १७।४४ गुणा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया