वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेक अन्य सबै सेवा बन्द गर्ने

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार बोर्डको सचिवालयले अत्यावसेक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बिहीबार जारी भएको आदेश अनुसार बोर्डको सचिवालयले अत्यावसेक (शव ढुवानी) बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको हो ।

सचिवालयको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई समेत कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका कारण शव ढुवानी बाहेकका सबै सेवा बन्द गर्ने लागिएको सचिवालयले जनाएको छ ।

सबै सेवा तथा सुविधा माघ ९ गतेबाट अर्को सूचना नआएसम्मका लागि बन्द हुनेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया