अवैद्य क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

२ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले नेपालमा अवैद्य क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वतको फलेबास घर भएका २१ वर्षिय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षका बिसाल श्रेष्ठ र काठमाण्डौको थापाथली बस्ने २७ वर्षका दिपेनराज श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार उनिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम विपरीत क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएपछि माघ ६ गते दिउँसो काठमाडौंको मिनभवनबाट पक्राउ गरीएको हो ।

पक्राउ परेका व्यक्तिहरु मध्ये राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १ हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । साथै उनले मंसिर देखि पुससम्म २ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए । साथै अन्य दुई व्यक्तिले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य अवैधानिक छ । यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न तथा नगराउन समेत प्रहरीले आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले गत भदौ २४ गते एक सूचना जारी गर्दै नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी रहेको बताएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया