सिटिजन लाइफद्धारा १५ लाख मृत्यु बीमा दाबी भुक्तानी

२ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको परिवारलाई उक्त बीमा दाबी भुक्तानी गरेको हो । 

खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकोमा बीमा गरेको आठ महिनामा उनको मृत्यु भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया