रोमानियाले माग्यो भारी संख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

२ बर्ष अगाडि

काठमाडौं - रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको marcon consulting srl कम्पनीले विभिन्न पदका लागि ९० जना पुरुष र २० जना महिला गरी जम्मा ११० जना नेपाली कामदारको माग गरेको हो हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथि पाउनेछ । इच्छुक कामदारले रावल इन्टरनेशनल प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा माघ १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट र भिसा शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया