यो साता २ प्रतिशतले बढेको नेप्सेमा दैनिक औषतमा ७ अर्ब ५६ करोडको कारोबार

२ बर्ष अगाडि

काठमाडौं - यो साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको छ । गत साता २८५७.७५ विन्दुमा बन्द भएको नेप्से, यो साता ७३.५९ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको हो ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो । यो साता सेन्सेटिभ इण्डेक्स २.४३ प्रतिशत, फ्लोट इण्डेक्स २.७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४७ प्रतिशत बढेको छ ।

साथै यो साता कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत बढेको छ । गत साता ४० खर्ब ३७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब ५ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम, शेयर संख्या र कारोबार संख्या पनि बढेको छ । यो साता दैनिक औषतमा ९४ हजार ७५४ पटकको कारोबारमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ करोड ५३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै यो साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.६१ प्रतिशत बढेको छ । गत साता १८४३.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता ६६.५८ अंक बढेर १९०९.९६ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१५.२० अंक बढेको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया