काठमाडौं - कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोन संक्रमणमा मृत्यु दर कम रहेको छ । तेस्रो लहर सुरु भएयता शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
मृत्यु हुनेमा ८८ दशमलब २३ प्रतिशत खोप नलगाएकाहरु छ । शुक्रबारसम्मको तथ्यांक अनुसार हाल देशभर १ सय ९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।
यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् ५३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । विभिन्न चरणमा गरिएको परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। होम आइसोलेसनमा ३४ जना, कार्यालयको आइसोलेसनमा ६ जना र कीर्तिपुर आइसोलेसनमा १ जना रहेको मैनालीले बताए।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।