नेपाली बजारमा रेडमी नोट ११ एस र रेडमी ११ प्रो ५ जी सार्वजनिक, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो ५जी नेपालमा सर्वाजनिक गरेको छ । 

हरेक वर्ष नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित बुधबार नयाँँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सिमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भन्नुभयो, ‘हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरुसम्म सहज रुपमा पु¥याउन चाहन्छौँ । हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमी नोट ११ प्रो ५ जीले फ्ल्यागशिपलेभलको प्रविधिलाई अझै धेरै पहुँच योग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुलमान्यतालाई साकार बनाएको छ ।’

रेडमी नोट ११ प्रोमा Snapdragon®695 र रेडमी नोट ११ एस्मा मिडियाटेक हेलियोप्रोसेसर रहेको छ । हाम्रो विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले  स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिन्छन् । यी दुबै फोनहरुमा ५००० mAh को उच्च क्षमताको ब्याट्रि राखिएको छ ।

रेडमी नोट ११ एस १२८ जिबीको मूल्य २९ हजार ९ सय ९९, ८ जिबी प्लस १२८ को मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने रेडमी नोट ११ प्रो ५जी ६ जिबी प्लस१२८ जिबीको मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ र ८ जिबी प्लस १२८ को मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ रकेको कम्पनीले जनाएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया