३९ अर्ब ८४ करोड १५ लाख आयात भएको १० नाकामा निर्यात शून्य, कुन- कुन नाका ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा १० वटा नाकाबाट निर्यात सुन्य रहेको छ ।

भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । जबकी सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयौको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, विरगन्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

नेपालको निर्यात शून्य रहेका सीमानाकामध्ये भद्रपुरबाट ७७ करोड ७३ लाख १ हजार रुपैयाँ, गौरबाट १ अर्ब ४ करोड ५२ लाख ५५ हजार रुपैयाँ, जनकपुरबाट ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ, महेशपुरबाट १ अर्ब १२ करोड ४७ लाख २६ हजार रुपैयाँ, राजविराजबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँको बस्तु आया भएको छ । 

यस्तै रसुवाबाट १८ अर्ब ४७ करोड ५२ लाख ९४ हजार रुपैयाँ, सर्लाहीबाट ३ अर्ब ४२ करोड ९५ लाख ६७ हजार रुपैयाँ, सुनसरीबाट ४ अर्ब ८४ करोड २५ लाख ७५ हजार रुपैयाँ, तातोपानीबाट ९ अर्ब ६ करोड ६५ लाख ५५ हजार रुपैयाँ र टाँडीबाट १२ करोड २४ लाख ८७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया