नेपाल आउने विदेशी पर्यटकले नगद बोक्नुपर्ने व्यवस्था खारेज

१ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै नेपाल आउने विदेशी पर्यटकलाई भिसा अन अराइभलका लागि नगद बोक्नुपर्ने व्यवस्था तत्कालका लागि खारेज गरिएको छ ।

अध्यागमन कार्यालय, टीआईएले केही दिन अघि सूचना जारी गर्दै अन अराइभल भिसा चाहिने पर्यटकलाई दुई सय अमेरिकी डलर नगद बोक्न आग्रह गरेको थियो । 

कार्यालयले विद्युतीय भुक्तानी प्रणाली र विदेशी मुद्रामा समस्या भएको उल्लेख गरेको थियो । पर्यटकहरूले अन–अराइभल भिसा लिन नगद पाउने अपेक्षा गरिएको थियो ।

उक्त सूचनाले व्यापक विरोध भएको थियो । उक्त व्यवस्था तत्कालका लागि खारेज गरिएको कार्यालयले जनाएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया