रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ नेपालमा सार्वजनिक, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौँ - विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी ३५ सार्वजनिक गरेको छ । 

रियलमीले विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको 'DARE TO LEAPÚ' अवधारणालाई जारी राखेको छ । 

५० एमपी कयामेरा
रियलमी सी३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र f/1.8 फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५ले f/2.8 B राखेको छ ।

एन्ट्री लेभल मा स्टाईलिश डिजाइन 
२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी३५ ८.१ mm राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ । 

श्रेणीमा उत्कृष्ट
TÜV Rheinland High Reliability Certification
सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले TUV Smartphone High Reliability Certification र Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

उत्कृष्ट प्रदर्शन
Powered by Unisoc T616 Debut
Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा df DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ । 

मेगा ब्याट्री FHD डिस्प्लेको साथ उत्कृष्ट अनुभव 
रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८W फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च FHD फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ । 

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहकोरु. २०,४९९ (4GB+64GB) र रु. २१,९९९ (4GB+128GB) रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया