भारतमा एकैदिन थप २ हजार बढिमा कोरोना पुष्टि हुँदा ५४ को मृत्यु, संक्रमणमुक्त कति ?

२ बर्ष अगाडि

एजेन्सी - भारत २४ घण्टामा थप २ हजार ४५१ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको  पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । 

तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन् ।  

यो सँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।  
 

२ बर्ष अगाडि

प्रतिक्रिया