टाइगरको ‘हिरोपन्थी २’ र अजयको ‘रन वे ३४’ पनि बक्स अफिसमा पछारिए,‘केजीएफ २’कै बोलबाला

१ बर्ष अगाडि

काठमाडौं, शुक्रबारदेखि रिलिज भएको बलिउडका एक्सन नायक टाइगर श्राफको नयाँ फिल्म ‘हिरोपन्थी २’ बक्स अफिसमा पत्तासाफ भएको छ । फिल्मको व्यापार पनि निक्कै नै कमजोर देखिएको छ।

टाइगर श्राफको एकै खालको एक्सनले दिक्क भएका दर्शकले यो फिल्म हेर्ने रुची देखाएनन् । फिल्ममा टाइगर र तारा सुतरियाको मुख्य भूमिका छ ।

यस्तै, अजय देवगण, अमिताभ बच्चन र राकुल प्रित सिंहको मुख्य भूमिका रहेको फिल्म ‘रन वे ३४’ पनि बक्स अफिसमा खासै चम्किएन । यो फिल्मले पनि औषत व्यापार गर्दै गर्दा तेश्रो सातामा चलिरहेको फिल्म ‘केजीएफ २’कै बोलबाला देखिएको छ ।

यो फिल्मले तेश्रो साताको आइतबार सम्म ३७० करोड ग्रस कलेक्शन हिन्दी भर्सनमा गरेको छ । फिल्मले हिन्दी भर्सनमा ४ सय करोडको आँकडा छुने अनुमान गरिएको छ । रिलिज भएका २ बलिउड फिल्मले गतिलो व्यापार नगरेपछि दर्शकको रोजाइमा ‘केजीएफ २’ नै परेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया