चीनको स्मार्टफोन बजारमा भिभो पहिलो स्थानमा

१ बर्ष अगाडि

एजेन्सी - भिभो सन् २०२२ को पहिलो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।

काउन्टर–प्वइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार समीक्षा अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो । 

यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्याएको छ ।

स्मार्ट उपकरण र इन्टेलिजेन्ट सेवाहरुमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टर–प्वइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो ।

विश्वव्यापी विस्तारका साथ हालसम्म भिभोले ६० भन्दा बढी देश र क्षेत्रमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया