इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर

१ बर्ष अगाडि

काठमाडौं - भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा।लि।को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । 

बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । 

नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । 

बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव संहालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज हाल (स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया