फिल्म‘डक्टर स्ट्रेन्ज-२’एडभान्स बुकिङ आक्रामक,बेलुकासम्म टिकट अभाव हुने

१ बर्ष अगाडि

काठमाडौं, भोली शुक्रवारबाट हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज-२’ प्रदर्शनमा आउँदैछ । बुधवारबाटै यो फिल्मको मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ खोलिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित अन्य मल्टीप्लेक्समा उच्च शो पाएको फिल्मको एडभान्स बुकिङ आक्रामक देखिएको छ । बिहीवार बेलुकासम्म काठमाडौंमा फिल्मको टिकट अभाव हुने लगभग निश्चित छ । 
 
क्यूएफएक्सले आफ्नो १० वटा मेजर स्टेशनमा फिल्मलाई कूल ६६ शो बाँडेको छ । त्यसमध्ये केही शो सोल्डआउट भइसकेका छन् भने बाँकी निलाम्बे छन् । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मको एडभान्स बुकिङ हेर्दा ‘डक्टर स्ट्रेन्ज-२’ले पहिलो दिन एक करोडको आसपास कलेक्सन गर्ने सम्भावना देखिन्छ । यो फिल्मको अघिल्लो पार्टले पनि नेपालमा सानदार कमाई गरेको थियो । 
 
‘डक्टर स्ट्रेन्ज(२’का कारण शुक्रवारबाट प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ले मल्टीप्लेक्समा न्यून शोमा चित्त बुझाएका छन् । दुवै फिल्मको एडभान्स बुकिङ पनि सुखद् छैन । त्यसो त नेपाली फिल्मको टिकट बढीजसो ‘डोर टु डोर’ विक्री हुने गर्छ । तर, यी दुई नेपाली फिल्मलाई बक्सअफिसमा ‘डक्टर स्ट्रेन्ज-२’ सबैभन्दा ठूलो थ्रेट बन्ने देखिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया