मे महिनामा ओप्पो ए–७६ को ३ उत्पादनमा २ हजारको छुट

१ बर्ष अगाडि

काठमाडौं - ग्लो डिजाइन, स्टाइलिस र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिँदै आइरहेको ओप्पोको ए–सिरिजमा पछिल्लो समय ‘ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।

ओप्पोे ए–७६ मा ६.५६ इन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । 

प्रयोगकर्ताहरुलाई उत्पादनमूलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चरसहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत 3264 x 2448 रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । 

यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेसन प्रविधि परिस्कृत गरिएको छ, यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । 

यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी इफेक्ट्स फोनको माथिल्लो भागमा सुपरइम्पोज गरिएको छ । 

यसबाहेक यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ । जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । 

फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ। पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्यमात्र रु. २९ हजार ९९० रहेको छ ।

यस मे महिनामा ओप्पोको विशेष अफरमार्फत ओप्पो ए–७६ किन्दा अन्य यी ३ उत्पादनमा रु। २ हजारको छुट प्राप्त गर्न सकिने छ । 

१. ओप्पो फिटब्यान्ड पहिलेको बजार मूल्य रु. ५ हजार ५९९ अब मात्र रु.  ३ हजार ५९९ रुपैयाँ । 

२. ओप्पोे डब्ल्यू३१ पहिलेको बजार मूल्य रु. ६ हजार ९९० अब मात्र रु. ४ हजार ९९० रुपैयाँ । 

३. ओप्पोे डब्ल्यू५१ पहिलेको बजार मूल्य रु. ८ हजार ९९० अब मात्र रु. ६ हजार ९९० रुपैयाँ । 

१ बर्ष अगाडि

प्रतिक्रिया