काठमाडौं - सरकारले विद्युतीय गाडी आयातमा प्रतिबन्ध खुल्ला गरेपछि बिवाईडी नेपालले बिवाईडी एसयुभी एटो ३ नेपाली बजारमा भित्र्याउने भएको छ ।
नेपालका लागि बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इङ्क प्रालिले एक हप्ताभित्र बुकिङ खुलाउदै जेठ भित्र नेपालमा नयाँ विद्युतीय एसयुभि ल्याउने तयारी गरेको हो ।
बिवाईडी एटो ३ लङ रेन्ज एसयुभि मात्रै नेपाल आउने र अन्य मोडल केही महिनापछि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
विद्युतीय एसयुभि भएको कारण यो गाडीको बाहिरी र भित्री डिजाइनलाई नै आकर्षक बनाइएको छ । बिवाईडी एटो ३ मा ६०।४ किलोवाट आवर ब्याट्री उपलब्ध गराइएको छ जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।
बीवाईडीले पछिल्लो समयमा प्रयोग गर्दै आएको ब्लेड ब्याट्रीको लोकप्रियता अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको पाइन्छ । अन्तराष्ट्रिय बजारमा ५० र ६० किलोवाट आवर ब्याट्री अप्सनमा गाडी उपलब्ध हुने भए पनि नेपाली बजारमा भने ६०।४ किलोवाट आवर लिथियम आयोन ब्याट्री भेरियन्ट मात्रै कार मात्रै आउने छ ।
त्यसैगरी ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । एक पटकको चार्जमा नेपाल आउने बिवाईडी एसयुभि गाडीले ४२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दावी छ । ५ सिटरको रुपमा रहेको यो गाडीको १७५ ग्राउन्ड क्लियरेन्स रहेको छ ।
सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट,फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन् ।
कम्पनीले बिवाईडी एटो ३ एक हप्ता भित्र बुकिङ खुल्ला गर्दै छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुने भएको कारण पनि यो एसयुभि प्रतिक्षारत रहेको छ । नेपाली बजारमा आउँदा यो गाडीको मूल्य ६० लाख देखि ६५ लाखसम्म हुने अनुमान गरिएको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।