खल्तीले फिर्ता ल्यायो रिफर गरी अनलिमिटेड कमाउने अफर

१ बर्ष अगाडि

काठमाडौं- अतिरिक्त आम्दानी गर्ने तरिकाहरुमा रुचि राख्ने व्यक्तिहरुका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ। 

यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जोकोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरी आम्दानी गर्न सक्नेछन्। प्रत्येक रिफरमा प्रयोगकर्ताले रु. ५० कमाउनेछन्।

खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरुका लागि पनि राम्रो अवसर हो। केही सेकेन्डमै बैंक खाता लिंक गरी प्रयोगकर्ताले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन्। यो सेवा समय बचत गर्नका लागि लोकप्रिय सुविधा हो।

यसका साथै प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा रु। १०० बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन्। 

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘बैंक लिंक भुक्तानी सहज गर्ने सुविधा हो। जुन हाम्रा प्रयोगकर्ताले एकदमै मनपराएका छन्। यसले वालेट लोड गर्नेहरुको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ। यस सुविधालाई थप प्रयोगकर्तामाझ पुर्याउन बैंक लिंक गर्न प्रोत्साहित गर्न रिफर एन्ड अर्न अफर ल्याएका हौँ।’

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया