काठमाडौं- एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।
यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।
एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु १०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् । त्यसैगरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । कर सहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि सजिलै लिन सकिन्छ ।
भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र रु.९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स३ह्यास डायल गरि यो भ्वाइस प्याक लिन सक्छन् ।
दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् । एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।