पहिलो पटक बोनस वितरण गरेको नेपाल टेलिकमको वित्तिय विवरण सार्वजनिक, कति कमायो नाफा ?

१ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षको मुनाफाबाट पहिलो पटक बोनस शेयर वितरण गरेको नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी सामान्य बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.८० प्रतिशत बढेको छ भने अन्य आम्दानी २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी २.७२ प्रतिशत बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ०.७६ प्रतिशत घटेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ४ पैसा घटेर ४० रुपैयाँ २६ पैसामा झरेको  छ। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया