काठमाडौं- फिल्म ‘कबड्डी ४’ को ट्रेलर र ‘केशरी’ बोलको गीतले नेपाल र विदेशमा जबर्जस्त हाइप बनेको छ । त्यसमाथि यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले दर्शकहरु फिल्म हेर्नका लागि औंला भाँचेर बसेका छन् । यसपटक काजी (दयाहाङ राई) को बिहे हुन्छ कि हुँदैन भन्ने कुराले पनि प्रतिक्षीत बनेको यस फिल्मले नेपालमा २०७८ यताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने धेरैको विश्लेषण छ ।
‘कबड्डी ४’ नेपालसँगै विदेशी भूमिमा पनि प्रदर्शनका लागि तयारीमा अवस्थामा छ । बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, हङकङ, जापान, क्यानडालगायतका देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । जसबाट निर्माताको हातमा २ करोड परेको छ । नेपाल प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्मको डिजिटल राइट्स पनि महंगोमा विक्री भइसकेको जानकारी प्राप्त छ ।
कोरोना महामारीका कारण ‘कबड्डी’को तेस्रो सिरिजको विदेश प्रदर्शन चौपट भएको थियो । तर, चौथौ सिरिजले निर्मातालाई मालामाल बनाएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलावा सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।