चैतमा ९३ अर्ब बढि रेमिट्यान्स नेपाल भित्रियो

१ बर्ष अगाडि

काठमाडौं - चैतमा ९३ अर्ब रुपैयाँ भन्दा बढि रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार चैत महिनामा मात्रै ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

गत फागुन महिनाको तुलनामा चैत महिनामा रेमिट्यान्स बढेको छ । गत फागुन महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  फागुन अन्तिमसम्ममा ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चैतअन्तिमसम्म्मा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्याँकले देखाउछ । 

तर,  यो गत वर्षको यसै अवधिको तुलनामा भने ०.६ प्रतिशतले कम हो । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया