प्रि ओपन सेसनमा साढे ४ अंक बढ्यो नेप्से, साढे ३४ लाख बढीको कारोबार

१ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५६.०६ अंक बढेर २३६९.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३१ अंक बढेर २३७३.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३५ स्टकको ३४ लाख ५३ हजार ३६५ रुपैयाँ बराबरको ७ हजार ५२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया