उत्तर कोरियामा दुई वर्षपछि पहिलो पटक भेटियो कोरोना संक्रमित

१ बर्ष अगाडि

एजेन्सी - उत्तर कोरियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले उक्त जानकारी दिएको हो । 

सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । 

यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया