विश्वको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोले एप्पललाई पछि पार्‍यो

१ बर्ष अगाडि

एजेन्सी - विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अरामकोले अमेरिकी टेक कम्पनी एप्पललाई पछि पारेको छ । एप्पललाई पछि पार्दै आराम्को विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको हो ।

अरामकोको कारोबार बुधबार उच्च स्तरमा थियो । ब्लुमबर्गको रिपोर्टअनुसार कम्पनीले बुधबार २.३ ट्रिलियन डलरको व्यापार गरेको छ । यससँगै कम्पनीको बजारमूल्य २.४६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४६१ ट्रिलियन डलर पुगेको छ ।

सन् २०२० पछि यो पहिलो पटक हो जब एप्पल पछि परेको छ । बुधबार आईफोन बजारमा ५.२ प्रतिशतको गिरावट आयो र प्रतिसेयर १४६।५ डलरमा बन्द भयो ।

तेलको बढ्दो मूल्य र माग अराम्कोको शीर्षमा उक्लनुको प्रमुख कारण हो ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया