२ दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न धितोपत्र बोर्ड ले जारी गर्‍यो ३ बुँदे निर्देशन

१ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सरकारले जेठ १ गतेबाट सातामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयलाई कार्यान्वयन गर्न निक्षेप सदस्य तथा सम्पूर्ण बजार सहभागीलाई ३ बुँदे निर्देशन दिएको छ। 

सेबोनले नेपाल राजपत्र भाग ५ मा गत वैशाख २६ गते प्रकाशित सार्वजनिक बिदासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र बजार सहभागीहरुलाई निर्देशन दिएको हो। 

नेप्से, सीडीएससी, क्रेडिट रेटिङ संस्था, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी ९ब्रोकर० र निक्षेप सदस्यहरुलाई जेठ १ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिन सेबोनले निर्देशन दिएको छ। 

यसैगरी सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म सञ्चालन हुने व्यवस्था गर्न सेबोनले निर्देशन दिएको छ। यसका साथै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था गर्न पनि सेबोनले निर्देशन दिएको छ।

सेबोनबाट अनुमति प्राप्त बजार सहभागीले सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने सेवा सोही दिन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया