अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट

१ बर्ष अगाडि

एजेन्सी - फेडरल रिजर्भ (फेड) लगायतका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याज दरले निम्त्याएको सम्भाव्य आर्थिक मन्दी, रुस–युक्रेनबीचको युद्धका कारण उत्पन्न आपूर्ति श्रृङखला अवरोधका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थीर रहेको छ ।

यसै क्रममा अन्तराष्ट्रिय स्तरमा कारोबार गर्ने बे्रन्ट क्रुड बुधबारको तुलनामा बिहीबार १.२ प्रतिशतले घटेर १०५.२५ डलर प्रति ब्यारल कायम भएको छ ।

अमेरिकी तेल निर्यातकर्ता वेस्ट टेक्सास इन्टरमिडियट ९डब्लुटीआई० को कारोबार घटेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य १.४ प्रतिशतले घटेर १०४.१९ डलर प्रति ब्यारल हुन पुगेको छ ।

४० वर्ष यताकै उच्च दरमा भएको मुद्रास्फीति नियन्त्रणका लागि फेडले बढाएको ब्याजदरका कारण दुई दशक यताकै उच्च भएको डलर, सम्भाव्य आर्थिक मन्दी, चीनमा बढेको कोभिड–१९ संक्रमण, रुस–युक्रेन युद्ध, युरोपेली राष्ट्रहरुले रुसी तेलमा लगाएको प्रतिबन्धका कारण माग र आपूर्तिको तालमेल मिल्न नसकेको सिङ्गापुरमा अवस्थित चिनियाँ ओभरसी बैंकिङ कर्पोरेशनका अर्थशास्त्रीले बताएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया