दुई दिनमा रिभर फल्स पावरको आईपीओमा कति पर्‍यो आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं - रिभर फल्स पावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बिहीबारसम्म झन्डै ३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि हिजो वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । 

कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछ । 

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख २१ हजार ८४४ आवेदकबाट ७३ लाख ३१ हजार ४०० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा २।८९ गुणाले बढी हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछ । यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ ।

यस अवधिसम्म मागबमोजम आवेदन नपरेको खण्डमा यो आईपीओमा जेठ ११ गतेसम्म आवेदन दिन पाइनेछ । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया