काठमाडौं - अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३७.७२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी ५१.०१ प्रतिशत बढाएर ४३ करोड ५० लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ । गत वर्ष विद्युती बिक्रीबाट कम्पनीले २८ करोड ८१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो ।
कम्पनीले यो अवधिमा ३० लाख ४३ हजार रुपैयाँमात्रै अन्य स्रोतबाट आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष यही अवधिमा ६ करोड २९ लाख रुपैयाँ थियो ।
चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीले जगेडाको आकार घटेर २६ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा जगेडामा २८ करोड १ लाख रुपैयाँ थियो ।
प्रतिक्रिया