काठमाडौं, बरुण हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू। ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर २ करोड १४ लाख पुगेको हो ।
विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू।४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर ६ करोड ९९ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा २ करोड ६४ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.११.८३(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३५.७४ गुणा,तरलता अनुपात ३.१४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०९.८६ रहेको छ ।
प्रतिक्रिया