सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने, कति बजेसम्म ?

१ बर्ष अगाडि

काठमाडौं- सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ। योसँगै विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ। 

यसअन्तर्गत हाल बैंकले प्रदेश नं. १ मा रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखा (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेठ १ गतेदेखि नै सेवा प्रदान गर्नेछ र आगामी दिनमा बजारको आवश्यकता र गा्रहकको मागबमोजिम आइतबार सञ्चालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ। 

आइतबार सञ्चालन हुने शाखाहरुमा बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्नेछ। 

१ बर्ष अगाडि

प्रतिक्रिया