मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, कति छ आम्दानी ?

१ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० साथैै अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । मेस्सीले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।

फोर्ब्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१।२ मिलियन अमेरिकी डलर रहेको छ ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ ।

चौंथो स्थान पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ९५ मिलियन अमेरिकी डलर रहेको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया