पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि, मृतक र खोप लगाउनेको संख्या शून्य

१ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ८७३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले १६४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

बितेको २४ घण्टाका देशभर कसैले पनि खोप नलगाएको मन्त्रालयले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया