कतारमा रंगशाला निर्माणपछि बिना तलब स्वदेश फर्किन बाध्य २३ नेपाली कामदारले तलब पाउने

१ बर्ष अगाडि

काठमाडौं - कतारमा विश्वकप फुटबल रंगशाला निर्माणमा काम गरी बिना तलब स्वदेश फर्किन बाध्य २३ जना नेपाली कामदारले आफ्नो तलब पाउने भएका छन् । 

विश्वकप फुटबल स्टेडियममा बिना तलब ६ महिना काम गरेर नेपाली कामदार रित्तो हात फर्किएपछि एमनेष्टी ईन्टरनेशनल लगायतका संस्थाले नेपालीसहित आप्रवासी कामदारहरूले बक्यौता रकम पाउनुपर्ने आवाज उठाएका थिए ।

कतार सरकारले कतारस्थित मेना मर्करी ईन्जिनियरिङ कम्पनीमा काम गरी रकम लिन बाँकी रहेका २३ जना नेपालीलाई सम्पर्कमा रकम बुझ्न आग्रह गरेको छ । रकम लिन आफ्नो नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर जानुपर्ने छ ।

नेपालस्थित कतारको दूतावासले यस वर्ष रकम आएका २१ जना र गत वर्ष रकम बुझ्न बाँकी रहेका दुई जना गरी २३ जनालाई सम्पर्कमा आउन आग्रह गरेको छ । विश्वकप फुटबलका लागि बनाइएको रंगशालामा बिना तलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीलाई कम्पनीले तीन वर्षपछि उनीहरूको तलब पठाएको थियोे ।

नेपाल सरकारले नेपालीले नपाएको तलब दिलाउन दूतावासमार्फत लामो प्रयास गरेकोे थियोे  । पाँच वर्षअघि सन् २०१७ को अन्त्यमा ३४ नेपाली कामदार खाली हात फर्किएका थिए ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया