सानीभेरी गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

१ बर्ष अगाडि

रुकुम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया