९ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १ खर्ब १ अर्ब २२ करोड ४५ लाख बढि

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीहरुले  १ खर्ब १ अर्ब २२ करोड ४५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा पनि १९ जीवनबीमा कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षकोे तुलनामा खुद बीमा शुल्क आर्जन बढाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ९२ अर्ब २६ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद बीमा शुल्कक आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन ९ दशमलव ७१ प्रतिशतले बढी हो ।

यस अवधिमा सबैभन धेरै नेपाल लाइफले खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले व्यवसाय विस्तार गरी २५ अर्ब ९९ करोड ७९ लाख ३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया