ताप्लेजुङमा एमालेले खोल्यो खाता : मेरिङदेन ६ नाल्बुमा एमालेको प्यानल नै वीजयी

१ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेले खाता खोलेको छ । एकमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका हुन् । उनले ४५६ मत प्राप्त गरेका छन् । 

यस्तै उनका प्रतिस्पर्धी ठाकुर सिंह लिम्बूले ३२४  मत पाएका छन् । तुम्वाहाम्फेले लिम्बूलाई १२४ मतअन्तरले पराजय गरेको हो । 

उक्त वडामा एमालेको प्यानल नै वीजयी भएको हो । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै एमालेको उम्मेद्वार विजयी भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया