काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र गन्न सकियो, एउटा मतपत्र गणना गर्न २० मिनेट

१ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ ।

महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया