प्रतिलिटर १० रुपैयाँले बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मूल्य, कति पुग्योे ?

१ बर्ष अगाडि

काठमाडौं -  नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज ९शनिबार० राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । 

हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । मूल्य समायोजनपश्चात पनि पाक्षिक ४ करोड २५ लाख रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया