एजेन्सी - इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगितामा एफए कपको उपाधि लिभरपुलले जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटको सडन डेथमा ६–५ ले पराजित गरेको हो । लिभरपुलले १६ वर्षपछि कपको उपाधि हात पार्न सफल भएको हो ।
वेम्बली रंगशालामा भएको खेलको निर्धारित समयमा खेल गोलरहित ०–० को बराबरी भएपछि खेल ३० मिनेटको थप समय हुँदै पेनाल्टी सुटआउसम्म पुगेको थियो, जहाँ चेल्सी निराश बन्यो । लिभरपुलका फरवार्ड मोहमद सालाह चोटिल बनेर चाँडै मैदान छाड्नु परेपछि लिभरपुलले जितका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।
पेनाल्टी सुटआउटमा सुरुआती ५–५ पेनाल्टीमा ४–४ को बराबरी भएको थियो । चेल्सीका लागि दोस्रो पेनाल्टी हान्न आएका कप्तान केसार एज्पिलिकुएटाको सट पोलमा लागेर बाहिरिँदा चेल्सी दबाबमा परेको थियो । तर, चेल्सीका गोलकिपरले पाँचौं पेनाल्टीमा लिभरपुलका साडियो मानेको प्रहार रोक्दै चेल्सीलाई खेलमा फर्काए । र, पेनाल्टी स्कोर ४–४ भयो ।
त्यसपछि सडन डेथमा चेल्सीका लागि हाकिम जियाच र लिभरपुलका लागि डिएगो जोटाले गोल गरे भने चेल्सीका लागि छैटौं पेनाल्टीमा मासोन मोउन्टको प्रहार लिभरपुलका गोलकिपर एलिसन बेकरले शानदार बचाएपछि त्यसपछि लिभरपुलका लागि युवा खेलाडी कोन्सटान्टीनोसले आफ्नो पालोमा गोल गरेपछि लिभरपुल ६–५ ले जित्दै च्याम्पियन बन्यो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।