६ महानगर : ५ ठाउँमा गठबन्धनको अग्रता, एउटामा स्वतन्त्र अगाडि

१ बर्ष अगाडि

काठमाडौं - स्थानीय निर्वाचनको मतगणना जारी छ । सुरुवाती चरणमा रहेको मतगणनाको क्रममा कतिपय स्थानमा रोचक अवस्था पनि देखिएको छ । 
विभिन्न गाउँपालिका र नगरपालिकाका मतपरिणामहरु सार्वजनिक भइरहँदा धेरैको ध्यान चाहिँ देशका ६ महानगरपालिकाको सम्भावित मतपरिणामतर्फ केन्द्रीत रहेको छ । 

काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा सुरुवाती अग्रतालाई कायम राख्दै मेयरतर्फ स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरलाई बढाउँदै लगेका छन् । 

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा निवर्तमान मेयर चिरिबाबु महर्जन नै अगाडि छन् । 

भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयरतर्फ रोचक भिडन्त देखिएको छ । गठबन्धनको साझा उम्मेद्वार रेणु  दाहालले अग्रता लिएकी छन् । 

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको मेयर पदमा पनि कडा टक्कर देखिएको छ । यहाँ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । 

वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार जनता समाजवादी पार्टीका राजेशमान सिंह दोब्बर मतले अगाडी छन् ।  

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार नेपाली कांग्रेसका नागेश कोइराला फराकिलो मतान्तरले अगाडि छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया