बालेन र स्थापितको मत अन्तर १३ सय बढी, कसले कति मत ल्याए ?

१ बर्ष अगाडि

काठमाडौं- काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायमै रहेको छ ।  

दिउँसो १ः३० बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले २८२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १५०७ मत मात्र प्राप्त गरेका छन्।

यो हिसाबले बालेनले स्थापितको भन्दा १३१३ मत बढी प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १४४९ मतका तेस्रो स्थानमा छिन्। 

अहिलेसम्म काठमाडौ महानगरको ६ हजार मत गणना भएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया